Satyawati
Division ban Pahalmanpur

माघ १६ गते देखि धनगढीमा चैतन्य ‘स्ट्रीम वर्कसप’ हुने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- यहि माघ १६ गते देखि २२ गतेसम्म धनगढीमा चैतन्य स्ट्रीम वर्कसप संचालन हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको साइन्स एण्ड रोबोटिक्स विभागका विद्यार्थीहरुको आयोजनामा विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरि प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सिर्जना गर्ने गरि चैतन्य स्टीम वर्कसप आयोजना गरिने भएको हो । वर्कसप को उद्घाटनमा चैतन्य पाठशालाका विद्यार्थीहरुले बनाएको प्लेन उडाउने तयारी भैरहेको जनाइएको छ ।

Malpot office dadeldhura

मंगलबार पत्रकार सम्मेलन गर्दै चैतन्य पाठशालाले स्ट्रीम वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई निःशुल्क रुपमा सहभागी गराइने जानकारी दिएको हो । वर्कसपमा विभिन्न विद्यालयका गरि करिब २ सय विद्यार्थीहरुको सहभागिता रहने छ । विद्यार्थीहरुलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणको बारेमा प्रयोगात्मक तथा प्रदर्शनी गराउन काठमाडौं, हेटौडा लगायत विभिन्न ठाउँबाट युवा वैज्ञानिकहरु आउने बताइएको छ ।

चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई बाल्यकाल देखि नै भविष्यको वैज्ञानिकको रुपमा विकसित गर्न, बर्ष भरि नै अनुसन्धान र अन्वेषणको क्षेत्रमा क्रियाशिल राख्न विभिन्न ११ विधामा १ हप्ताको इन्टेन्सीप वर्कसप कक्षाहरु संचालन गर्न लाएिको बताए । उनले वर्कसपमा रिमोट कन्ट्रोलबाट प्लेन उडाउने, आर्टिफिसियल इन्टिलिजेन्सका अभ्यासहरु गर्ने लगायत विभिन्न क्रियाकलापहरु गरि वर्कसप लाई प्रभावकारी बनाइने बताए । उनले वर्कसप प्रदर्शनी कार्यक्रम मात्र नभई विद्यार्थीहरुका लागि ७ दिने विद्यान, प्रविधि, अनुसन्धान र अन्वेशण सम्बन्धि तालिम भएको बताए । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक गरिन लागिएको वर्कसप सम्पन्न गर्न ५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...