बाजुरामा भिरबाट लडेर घाईते भएकी महिलाको मृत्यु

Bhancha ghar0

बाजुरा- बाजुरामा भिरबाट लडेर घाईते भएकी महिलाको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो ।

गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाईते भएकी थिइन् । उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन् ।

Loading...