बझाङ– बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो ।
शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन् । उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।