भालुको आक्रमणबाट बझाङमा एक महिला घाइते

Dadeldhura hospital

बझाङ- बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकि छन् । घाईते हुनेमा थलारा गाउपालिका वडा नम्बर ७ गोठीदाउना कि ३८ बर्षिया सिता पाध्याय रहेकि छन् । उनलाइ माघ ३ गते दिउसो १ः३० बजे दोगाडी जंगलमा घाँस काट्ने क्रममा भालुले एक्कासी आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट घाइते भएकि महिलालाइ बिहीबार उपचारको लागी जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। महिलाको दाया हातमा चोट लागेको र अबस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

Loading...