कैलालीमा लोपोन्मुख सालकको १० किलो खपटा सहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ । बर्दगोरीया गाउँपालिका-६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटा सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Bhancha ghar0

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका- ४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका- ८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक (सई) सुशिल चन्द र इप्रका सुखडको संयुक्त ोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकल सहित १० किलो खपटा बरामद गरेको हो । खपटा सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।

Loading...