कैलालीको गोदावरीमा रहेको एक पसलमा आगलागी

Bhancha ghar0

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा रहेको एक पसलमा आगलागी भएको छ । बुधवार राति गोदावरी नगरपालिका-१ चैतनपुरमा सुन्दरी डँगौराले सञ्चालन गरेको पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसल जलेर नष्ट हुनुका साथै पसल भित्र रहेको मोटरसाइकलसमेत जलेर नष्ट भएको छ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको वडा सदस्य गम्भिर साउदले बताएका छन् । घटनाको एकिन विवरण भने आउन बाँकी रहेको छ ।

Loading...