बैतडीमा टिप्पर दुर्घटना

बैतडी– बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो।

Bhancha ghar0

लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए। घाइतेहरुको उद्धार भइरहेको छ। दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Loading...