



अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत खमौरामा भोलीदेखी माघ महोत्सव सञ्चालन हुने भएको छ । थारु एवंम राना थारु गोदावरी नगर भलमन्सा ( बरघर ) समितिको आयोजनामा माघ महोत्सव सञ्चालन हुने भएको हो ।


महोत्सवको गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने सबै वडा कार्यालयहरुले सह प्रायोजन गरेका छन् । भोली ५ गतेबाट सँचालन हुने महोत्सव ७ गतेसम्म चल्ने छ । उक्त महोत्सवमा विभीन्न राना थारु कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ ।





