प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित

धनगढी- प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । बुधबार बुद्ध एयरको विमानले काठमाडौँ-धनगढीको उडान गरेपनि प्रतिकुल मौसमका कारण अन्य उडान भने अवरुद्ध भएका छन् ।

काठमाडौंँबाट धनगढीका लागि दिउँसो १ बजेर ३१ मिनेटमा उडेको श्रीएयरलाइन्सको जहाज खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको थियो ।

Malpot office dadeldhura

श्रीएयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र बहादुर शाहीले बिहान ७ः४० बजे उड्नु पर्ने जहाज खराब मौसमका कारण दिउँसो उडेपनि खराब मौसमका कारण आकाशमा ४५ मिनेट फन्को मारेर नेपालगञ्ज डाइभर्ट भएको जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको विमान मौसम नखुलेपछि उतैबाट काठमाडौँ फर्किएको छ । बुद्ध एयरले भने बिहान १० बजेर २० मिनेटको उडान भरेको थियो तर मौसम बिग्रिएपछि साँझ ४ बजे र ६ बजेको उडान रद्द गरिएको बुद्ध एयरका धनगढी प्रमुख बुधराम माझीले जानकारी दिए ।

उनका अनुसार बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौँबाटै बुद्धको विमान नउडेको हो । धनगढीमा बुधबार बिहानै देखि बाक्लो हुस्सु लागेको थियो । पछिल्लो केही दिनयता प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको उडान सेवा प्रभावित हुँदै आएको छ । बाक्लो हुस्सु र शितलहरका कारण चिसो बढेपछि जनवीवन समेत प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार धनगढीको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको छ । यो अहिले सम्मकै सबै भन्दा कम चिसो मापन गरिएको फिल्ड कार्यालयले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...