गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटनका नाममा नौटंकि नगर्न एमाले गोदावरी नगर कमिटिको चेतावनी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटनका नाममा नौटंकि नगर्न एमाले गोदावरी नगर कमिटिले चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि एमालले उद्घाटन भैसकेको भवन पुनः उद्घाटनका नाममा नौटंकि नगरि जनसरोकारका विषयमा केन्द्रित रहन माग गरेको हो ।

एमालेले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले निर्वाह गर्नुपर्ने शिक्षा, स्वास्थ्य, रोजगार पुुर्वाधार विकास लगायतका परिपुर्ति गर्न समेत स्थानीय सरकार निरिह देखीएको बताएको छ । अव्यवस्थीत बसोबासीलाई पुर्जा दिनका लागि अघिल्लो सरकारले सुरु गरेको काम समेत ठप्प पारेको एमालेको भनाई छ ।

Navadurga sun

एमाले जनप्रतिनिधीलाई कार्यपालिका वैठकमा बोल्न नदिई नगर प्रमुखले हुकुमी शैली अपनाएको एमालेको ठहर छ । गोदावरी नगरपालिकाका प्रमुखको अवैधानिक एकाधिकार हुकुमी शैलीलाई समयमै रोकेर अविलम्ब अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा बितरण सम्पन्न नगर्नु, नदीजन्य पदार्थ उत्खनन् र सकंलनमा सर्वोजकको जिम्मेवारी उपप्रमुखलाई दिनुपर्नेमा आफ्ना नजीकका वडासदस्यलाई अनियमितता गर्ने उद्देश्यले संयोजक बनाइएको, नदीजन्य पदार्थको सकंलनबाट उठेको राजस्वको ४० प्रतिशत सम्बन्धित वडामा नछुट्याइएको, आफ्नो आर्थिक बदमासीको ढाकछोप गर्न सम्बन्धित जनप्रतिनिधिलाई नदीजन्य पदार्थको सकंलनमा समावेश नगराईएको जस्ता कानून विपरित कार्यको नेकपा (एमाले) घोर भत्सनी गर्दछ, विज्ञप्तीमा भनीएको छ ।

उक्त कदम नसच्चिए जनसरोकारका विषयमा कडा कदम चाल्ने एमालेले चेतावनी दिएको छ । एमाले गोदावरीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु उचित नभएको बताए । त्यस्तै प्रदेश अध्यक्ष गोकणर् भट्टले गरपालिकाको भवन पुनः उद्घाटनको कार्य नाटक मात्रै भएको बताए । उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगरप्रमुखले पुनः उद्घाटनको नाटक मन्चन गरेको दाबी गरे ।

उनले भोलि (बिहीबार) हुने नगरपालिका भवन उद्घाटनको कार्य तत्काल रोकेर एमाले संग वार्तामा बस्न आग्रह गरे । त्यस्तै नगरपालिकाकी उपप्रमुख शारदा देबी रोकायाले नगरपालिकाको भवन पुनः उद्घाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको वेवास्ता गरिएको बताइन् । उनले भोलि (बिहीबार) हुने पुनः भवन उद्घाटनको कार्यक्रममा आफुहरुको सहभागीता नहुने बताईन् । यस्तै नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिंह साउँदले नगरपालिकाको भवन उद्घाटन क्षेत्रिय सहरी विकास आयोजनाका प्रतिनिधिको सल्लाहमा गरिएको बताएका छन् ।

ADD Khali jpg
Loading...