धनगढीको मुख्य सडक कालोपत्र काम गुणस्तरहिन भएको आरोप

धनगढी- कैलाली धनगढीको मुख्य सडक कालोपत्रको काम गुणस्तरहिन भएको आरोप लागेको छ । क्षेत्रीय सहरी विकास आयोजना मार्फत कालिका कन्स्ट्रक्सनले गरिरहेको कालोपत्रको काम गुणस्तरीय नभएको पाइएको हो । धनगढीमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का पाएको निर्माण कम्पनीले मुख्य सडकको कालोपत्रमा गुणस्तरहिन काम गरेको आरोप लागेको हो ।

क्षेत्रीय सहरी विकास आयोजनाले गुणस्तरीय कालोपत्र नभएको भन्दै निर्माण कम्पनीलाई काम रोक्न पत्र नै पठाएको छ । गुणस्तरीय कालोपत्र निर्माण नभए भुक्तानी रोक्का गरिने आयोजना कार्यालयको चेतावनी छ । क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले आइतवार देखि काम रोकिएको बताए । उनका अनुसार लेयर जस्तो हुनुपर्ने हो त्यो अनुसारको नभएको उनले बताए । उहाँहरुले काम पूरा नगरेसम्म भुक्तानी नहुँने उनले बताए ।

धनगढीमा क्षेत्रीय सहरी विकासले १० दशमलव ६८७ किलोमिटर सडक कालोत्रपका लागि २०७७ असार २८ गते ठेक्का सम्झौता गरेको थियो । कालिका निर्माण कम्पनीले २ वर्षमा काम पूरा गर्न सम्झौता भएकोमा चार वर्षसम्म काम सकिएको छैन । सातवटा सडकमध्ये मुख्य सडकको कालोपत्रको काम थालेको निर्माण कम्पनीले लापरबाही गरेको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुल सम्मको सडक कालोपत्रमा लापरबाही गरिएको हो ।

Bhancha ghar0

क्षेत्रीय सहरी विकासका इन्जिनियर कलौनीले कम गुणस्तरको काम भएको बताए । उनले कालोपत्रको मोटाइ मात्र नभई गुणस्तर पनि चाहिने बताए । उनले भने, माथिबाट टालेर मात्र हुँदैन, कन्सल्टेन्सी सहितको टिम बसेर निणर्य हुन्छ, उनले भने, अहिलेको अवस्थाको ठिक हुँदैन ।’ क्षेत्रीय सहरी विकासको कार्यालयसँगै जोडिएको क्षेत्रमा कम गुणस्तरको कालोपत्र गरिएको भन्दै पौस २९ गतेदेखि काम रोकिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी, प्रदेशको भौतिक पूर्वाधार विकास तथा आर्थिक मामिला मन्त्रालय अगाडिको मुख्य सडकमा कम गुणस्तरको कालोपत्र गरिएको भन्दै काम रोकिएको छ । कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश खरेलले गल्ती भएको स्वीकार गरेका छन् । उनले कालोपत्रमा रोलर गर्दा ध्यान नदिएकाले समस्या देखिएको बताए ।

कालोपत्रको पहिलो लोडमा रोलिङ्ग कम भएछ । तीन मिटर क्षेत्रमा रोलिङ्गमा समस्या देखिएको छ । अप्रेटरले रोलिङ्ग कम गरेको रहेछ । लेयर नबसेको रहेछ । माथिको उप्किएको उनले बताए । निर्माण कम्पनीले कालोपत्रको सतह मिलाएको छैन । सडकको नयाँ कालोपत्रसमेत भत्किन सुरु भएको छ । चिसोको मौसममा सडक कालोपत्र गरेको कालिका कन्स्टक्सनले कालोपत्रको गुणस्तर पूरा नगरेसम्म रकम भुक्तानी रोक्का हुने आयोजना कार्यालयको चेतावनी छ । निर्माण कम्पनीले गरेको कालोपत्र भत्काएर पुनःकालोपत्र गर्नुपर्ने देखिएको छ । मुख्य सडक एक दशमलव ३८ कालोपत्रको काम बाँकी छ ।

ट्राफिक चौराह देखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म-चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक-जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट-चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी-खुटिया-स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । यी ६ वटा सडकमा समेत पूरा काम भएको छैन ।

Loading...