एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मंगलबार नयाँ केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गराएका हुन् ।

Malpot office dadeldhura

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशन अघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन् । यस्तै झापा अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । एमाले केन्द्रीय कार्यालयमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...