नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायतको टोलीद्वारा परशुराम धामको निरिक्षण

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने परशुराम धामको निरिक्षण गरिएको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायतको टोली निरिक्षण गरेको हो ।

निरिक्षण क्रममा बोल्र्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परशुराम धामलाई धार्मिक पर्यटकीय विकासका रुपमा अगाडी बढाउनु जरुरी रहेको बताउनु भयो । कञ्चनपुरको सिद्धनाथ र परशुरामधामसँग जोडेर विकास गर्नु पर्ने उहाँको भनाई थियो । देशको विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियान अघि बढाए र मित्र राष्ट्र भारतको पूणर्ागिरी दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेवको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।

परशुराम धामको धार्मिक महत्वका बारेमा पूणर्ागिरी मेला अवधिमा प्रचार-प्रसार गर्यो भने भारतीय भक्तजन भित्र्याउन सकिने उहाँले बताउनु भयो । त्यस्तै परशुराम नगरपालिकाका नगर-प्रमुख भरत बडायक जोशीले परशुरामको बिकासका संर्घष गरी रहेको बताउनु भयो । चार धाममध्यको परशुराम एक धाम भएको बताउर्दै यो क्षेत्रको बिकास गर्न तिनै तहको सरकारको समुनय जरुरी रहेको उहाँको भनाई थियो । परशुरामधामको बिकास गर्न सके परशुरामबासी जीवनस्तरमा टेवा पुर्याउने बिश्वास लिएको उहाँको भनाई थियो ।

कैलाली कञ्चनपुरसँग जोडिएका सडक खण्डमा सहजरुपमा यात्रु आओत जाओत गर्ने सडक निर्माण गर्न सक्यौभने धार्मिक पर्यटक र भक्तजन भित्र्याउने उहाँको भनाई रहेको थियो । यस्तै परशुराम क्षेत्र बिकास समितिका पुर्वअध्यक्ष कैलाश पाण्डेयले परशुराम धाम आपैmमा पबित्र तिर्थ स्थल रहेको बताउनु भयो ।

परम्पराकालमा हुने देवसभालाई स्मरण गरेर सोल शिवालयहरुका सोलबाटै देउरा यो तिर्थ स्थलमा आउने गरेको उहाँको भनाई थियो । दार्चुलाको मल्लिकार्जुन,केदार,भागेश्वर, खिटकेश्वर, असिग्राम, महादेव,जगन्नाथ, सिगास, बैद्यनाथ लगायत नौ वटै जिल्लामा रहेका देवस्थलबाट देवताहरुका देउरा आएर स्नान गरेर जाने गरेको उहाँले बताउनु भयो ।

Loading...