बझाङ चैनपुरस्थीत एक पसलमा आगलागी हुँदा लाखौँको क्षती

बझाङ- बझाङ सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ । सोमबार दिउँसो करिब एक बजे चैनपुरको लोकतान्त्रिक चोकमा रहेको सनम सिंह व्याँसीको जंग बहादुर स्टोरमा आगलागी भएको हो ।

दियो बालेर माघिपर्वको दिन पसल बन्द गरेर संञ्चालक खाना खान गएको समयमा पसलमा आगलागी भएको स्थानियले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयहरुले दुई घण्टापछी मात्रै आगोलाई नियन्त्रणमा लिएका थिए ।

कपडाको पसल भएका कारण पसलभित्र रहेका फेन्सी तथा थानका कपडाहरु बढी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगलागीबाट ४०/५० लाख बराबरको क्षति भएको हुनसक्ने बझाङ प्रहरी प्रमुख तथा डिसएपी भरत बहादुर शाहले बताए । आगलागीको कारण पनि पत्ता लाग्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जयपृथ्वी नगरपालिकाले संञ्चालन गर्दै आएको दमकल समयमा आएको भए क्षती कम गर्न सकिने थियो ।

सवा एक बजे दमकललाई फोन गरेपनी दमकल पौने चार बजेमात्र आइपुगेको थियो । आगो निभाउन आएको दमकलमा पानी नभएपछी आगोलाई नियन्त्रणमा नलई फर्केको थियो। त्यसपछी चैनपुर खानेपानी संस्थानको खानेपानीको सहायताले आगो नियन्त्रणमा लिईएको थियो । यता जयपुथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले आफुलाई १ बजेर २७ मिनेटमा जानकारी आएको र चालकलाई फोन गर्दा आगो लागेको स्थानमा दमकलसहित गएको बताए ।

दमकलमा थोरै पानि कम भएको र पानि भर्नका लागी तमैल जानुपर्ने बाध्यता रहेकाले चैनपुर आसपासमा नै पानि भर्न मिल्ने स्थान नबनाउन सक्नु आफ्नो कमजोरी रहेको बताए । आगामी दिनमा पनि यस्ता घटनाहरु हुनसक्ने भएकाले छिट्टै आफुले दमकलमा पानि भर्न मिल्ले बाताबरण बनाउने उनले बताए । सदरमुकाम चैनपुरमा बेलाबेला आगलागीका घटनाहरु घट्दै आएको भएपनि स्थानीय प्रशासन र जयपृथ्वी नगरपालिका सचतेन नभएको पाइएको छ । दमकलमा पानि नहुने,चालकलाई खोज्नु पर्ने, आगो लागेको स्थानका सहजै दमकल जान नसक्ने अवस्था हुँदा पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको स्थानियको भनाई छ ।

Loading...