थारु समुदाय धुमधामसँग माघी मनाउँदै

धनगढी– थारु समुदायले माघी पर्व धुमधामसँग मनाइरहेको छन्। कैलाली र कञ्चनपुरका थारु समुदायका मानिसहरु यति खेर गाउँ–गाउँमा माघी मनाइरहेका छन्।

कामका लागि बाहिरिएकाहरुसमेत परिवारसँग बसेर माघी मनाउन घर पर्किरहेका छन्। साता अघि नै कैलालीका विभिन्न थारु समुदायका महिलाहरुले घर लिपपोत गरेर माघीमा खानका लागि जाँड, ढिक्री खान चामलको पिठो पिस्नदेखि टपरी गाँस्न काम सकाएर अहिले खानपिनमा व्यस्त देखिएका छन्।

Navadurga sun

माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका थारु समुदायका मानिसहरुले यस पर्वदेखि नयाँ कामको थालनी गर्ने गर्छन्। थारु समुदायमा यति खेर गाउँको भलमन्सा अर्थात् बडघर, चौकीदार, धामी (झाँक्री कसलाई चुन्ने, अंशबन्डा गर्ने र नगर्नेलगायत विषयमा छलफल भइरहेको छ। माघे संक्रान्ति थारु समुदायका लागि वर्षको पहिलो पर्व हो। आजको दिन उनीहरुले नाचगान र रमाइलो गर्दै उल्लासपूर्ण तरिकाले माघि मनाउने प्रचलन छ। थारु समुदायमा महिना दिनसम्म माघीको रौनक हुने गर्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...