कञ्चनपुरमा लागूऔषध सहित तीन जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागू औषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ बनदेवीबाट ०.४९ ग्राम लागू औषध (खैरो हेरोइन) सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु सार्कीसहित तीन जना आइतबार राति पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागू औषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...