

अत्तरिया- गोदावरी नगरपालिकाले दाउरा बितरण गरेको छ । चिसोलाई मध्य नजर गर्दै अत्तरिया बजार क्षेत्रमा दाउरा बितरण गरिएको हो । बजार क्षेत्रमा नगर प्रहरीले ठाउँ ठाउँमा दाउरा बितरण गरिरहेका छन् । केही दिन यता यहाँ चिसो बढेको छ । दाउरा पाएपछि स्थानीय ब्यबसायीले खुशी व्यक्त गरेका छन् ।




ब्यबसायी भुबन भट्ट ले भने , ‘चिसोमा नगरपालिकाले आफ्ना नागरिकलाई दाउरा बितरण गर्नु राम्रो हो । अलि छिटो हुनुपर्ने हो तर पनि ठिक छ । थोरै भएपनी राहत भएको छ ।’




