गोदावरी नगरपालिकाले मकर मेलामा निःशुल्क बसको ब्यवस्था

अत्तरिया- कैलालीको गोदावरीमा लाग्ने माघे मकरसंक्रन्ति मेलामा निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ । माघ १ गते देखि लागिरहेको मकर मेलाको लागि गोदावरी नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवत जावतको लागि यात्रु बस को सुविधा गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी निःशुल्क बस सेवा को जानकारी दिएको हो ।

Dadeldhura hospital

आईतबार गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवत जावत हुने भएको कारणले गोदावरी नगरपालिकाको तर्फबाट श्रद्धालु भक्तजनहरूको आवत जावत को लागि रकम नतिर्ने गरी निःशुल्क ६ वटा बस को व्यवस्था गरेका छौं उनले भने । उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचोलाई मध्यनजर गर्दै १ गते का दिन अत्तरियाबाट गोदावरी आउने जाने सुविधा राखेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले हिन्दुधर्म अनुसार धार्मिक स्थल गोदावरीमा लाग्ने मेलाका लागि बाढीले बगाएको क्षेत्रमा नगरपालिकाकले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए । उनले मेला लाग्ने ठाउ गोदावरीधाम सम्म अत्तरिया बजारबाट श्रदालु भक्तजनहरुलाई आवतजावतमा सहजका लागि बसको पनि व्यवस्था गरिने बताएका छन् । मेयर भट्टले पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेको बताए।

साथै मेलामा भक्तालुजनहरूको स्वास्थ्यलाई हेर्दै डाक्टरहरुको टीम संगै १ ठाउँमा स्वास्थ्य हेल्प डेस्क व्यवस्था गर्ने संगै भक्तजनहरूले गोदावरी मकर मेलामा राती बस्ने र बिहान स्नान गर्ने गरेका हुन्छन् र जाडो को मौसम भएको कारण यसलाई मध्यनजर गर्दै नगरपालिका ले ३-४ ट्रयाक्टर जती दाउराको सुविधा समेत गर्ने नगर प्रमुख भट्टले बताए । उनले निःशुल्क बस सेवा माघ १ गते बिहान ६ बजे बाट संचालन हुने बताए ।

Loading...