अछामका स्थानीय तह विरुद्ध ८१ भ्रष्टाचारका उजुरी

अछाम– अछामका स्थानीय तहहरुका विरुद्धमा ६ महिनामा ८१ उजुरी दर्ता भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेका हुन ।

Bhancha ghar0

जिल्लाको साँफेबगरमा शनिवार आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो । आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको हो ।

अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ । १३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए । कमलबजार नगरपालिकाको ४३, मंगलेसन नगरपालिकाको २६, ढकारी गाउँपालिकाको २४, तुर्माखाद गाउँपालिका १९, पञ्चदेवल बिनायक नगरपालिका १७, रामारोशन गाउँपालिका १६, चौरपाटी गाउँपालिकाको १५, साँफेबगर नगरपालिकाको १३, मेल्लेख गाउँपालिकाको १० र बान्नीगढी जयगढ गाउँपालिकाको ५ भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।

Loading...