राष्ट्रियसभा निर्वाचन : आयोगले दियो उम्मेदवारलाई चुनाव चिह्न

काठमाडौँ– आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Navadurga sun

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन् ।

कणर्ाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...