कैलालीमा अपराधको पहिलो तहका घटनामा वृद्धि

धनगढी- कैलालीमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटनामा वृद्धि भएको छ । अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुने गरेको देखिएको छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने प्रहरीको चेतावनी छ ।

Malpot office dadeldhura

प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउनु नै सार्वजनिक अपराध भएको प्रहरीले जनाएको छ । पहिलो तहको अपराध हुने भएकाले यसमा उसलाई सुध्रनका लागि गरिने सजायको रुपमा मुद्दा अघि बढ्ने गरेको छ । कैलालीमा आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक अपराधका २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

यो संख्या आर्थिक वर्ष २०७८/०७९ मा बढेर ३६४ मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा थप चास सय ८ सार्वजनिक अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ । यो संख्या चालु आर्थिक वर्षको पौष तेस्रो साता सम्म २ सय नाघेको छ ।

प्रदेशमै सबै भन्दा बढी जनसंख्या भएको कैलालीमा ३ वर्षमा १ हजार २ सय सार्वजनिक अपराधका घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्ता घटनालाई कसैले पनि बेवास्ता नगरी प्रहरीलाई खबर गर्नुपर्ने प्रहरीको आग्रह छ । सार्वजनिक हित विपरीतका घटना सार्वजनिक अपराधभित्र पर्छ । गालीगलौज देखि जिस्काएको, अभद्र व्यवहार गरेको, मापसे गरेर समाजमा होहल्ला गर्नेदेखि टोले गुण्डा, छिमेकी झै-झगडा, सामाजिक विकृति, हातपात सबै सार्वजनिक अपराधमा पर्छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...