धनगढीको एक नास्ता पसलमा चोरी

धनगढी- कैलालीको धनगढीमा एक नास्ता पसलमा चोरी भएको छ । शुक्रवार राति चटकपुरको लक्ष्मी नर्सरी नजिकै न्यूरोड चोकमा रहेको नास्ता पसलमा चोरी भएको हो । नास्ता पसल सञ्चालक राजकुमारी भट्टराईका अनुसार सटरको ताला तोडेर पसलमा चोरी भएको हो ।

चोरले पसलको गल्लामा राखिएको करिब ४ हजार नगद र चार आना सुनको बाली लगेको भट्टराईले बताइन् । चोरले पसलमा रहेका भाडा वर्तन पनि चोरी गरेको भट्टराईले बताइन् ।

Loading...