कैलालीमा लागूऔषध सहित एक युवक पक्राउ

Bhancha ghar0

धनगढी- कैलालीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँ वस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...