कैलालीको अत्तरियामा मनायो ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस

अत्तरिया- कैलालीको अत्तरियामा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं.४ को आयोजनामा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता राप्रपा कैलाली क्षेत्र नं. ४ का अध्यक्ष प्रेम बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राप्रपा का केन्द्रिय सदस्य पुस्कर दत्त भट्ट रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा राप्रपा नेत्री संगिता श्रेष्ठ, प्रदेश सांसद खिमा देवी बिष्ट, प्रदेश उपाध्यक्ष रोम जँग स्वार, पूर्व सांसद कैंया चोधरी, गोदावरी नगर अधयक्ष दुर्गा पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पन्चेबाजा र राना थारुको नृत्य सहित बजारमा नाराहरू लगाइ सबैले बजार परिक्रमा गरेका थिए । राष्ट्रिय एकता दिवस जिन्दाबाद, पृथ्वी नारायण अमर रहुन, हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ आदि नाराहरू लगाइएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पृथ्वीनारायण शाहले नेपाल एकिकरण नगरेका भए हामी नेपाली हौं र हाम्रो देस नेपाल हो भनेर हामीले भन्न पाउने थिएनौ उनी दुरदर्शी राजा थिए भन्ने कुरा उनका दिव्योपदेशबाट पनि थाहा हुन्छ । यो उत्सव राप्रपा को मात्र नभएर सम्पूणर् देश बासिको उत्सव भएकोले सबैले मनाउनु पर्ने बताएका थिए । कार्यक्रममा साहित्यकार निर्मल भण्डारीले कबिता बाचन गरेका थिए । पृथ्वीनारायण शाहको जन्म बि सं.१७७९ गोरखामा भएको थियो । उनका पिताको नाम नरभूपाल शाह हो ।

स्वागत मन्तव्य युबा नेता बिराज बिष्टले गरेको कार्यक्रमको संचालन राष्ट्रिय प्रजातन्त्रिक युबक सँगठनका केन्द्रिय सदस्य शेर बहादुर साहुले गरेका थिए ।

Loading...