Division ban Pahalmanpur

कैलालीको चैतन्यपुरमा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ सम्पन्न

दल त्याग्न सकिन्छ तर मेरो धर्म र जनै त्याग्न सकिदैन : लोकराज पाण्डे आगो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न.१ समा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ बिहीबार राती सम्पन्न भएको छ । पुस २६ गते देखि सुरु नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञममा श्रृङ्गारिक कथावाचक नेपाली भाषाका प्रखर प्रवक्ता श्री अध्युतशरण महाराजले कथा वाचन गरेका थिए ।

चैतन्यपुरमा नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ पुस २६ गते देखि संचालन भएको महायज्ञ सप्ताह २६ गते बिहीबार राती सम्पन्न भएको हो । उक्त सात दिन सम्म आयोजित महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थिती रहेको थियो ।

समापन कार्यक्रम महायज्ञका संयोजक मान बहादुर बलायरको सभाअध्यक्षमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथी युवा नेता समाजसेवी लोकराज पण्डे (आगो) रहनु भएको थियो ।
समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी युवा नेता समाजसेवी लोकराज पाण्डे (आगो) ले धर्म सभा आपैmमा सभा हो । जुन सभा बिना न त जन्म हुन्छ न मृत्यु हुन्छ न त भुमि शुद्ध हुन्छ न त आत्मा शुद्ध हुन्छ न त मन शुद्ध हुन्छ त्यस्तो सभामा आफुलाई पाउँदा गुर्वाम्भित लागेको बताए । युवाहरुमा धर्म क्रान्ती ल्याइदिनु भएकोमा महाराज लगायत महाराजको टिमलाई नमन व्यक्त गरे ।

Malpot office jogbudha

आजका चैतन्यपुर धन्य भएको छ शुद्ध भएको छ पवित्र भएको छ आजका दिन देखि यहाँ भगवान श्रीकृष्णको प्रत्यक्ष बास भएको कुरा बताए । ‘म पैले जनै धारी हो त्यसपछि म हिन्दु हो तेस्रो म नेपाली हो चौथो मात्र कुनै दलको मान्छे हो ।’ उनले भने, ‘दल त्याग्न सकिन्छ तर मेरो जनै र धर्म त्याग्न सकिदैन ।’

पुरुष देउता बन्नको लागि धेरै प्रयत्न गर्छ तर महिला आपैmमा जन्मजात देवी हो । कसैको नामको पछाडी देवी लागेर आउँछ भने त्यो महिला हो । त्यसैले महिलाहरुले यो सनातन एक घरमा एक महिला सुध्रिएपछि त्यो घर सुध्रिन्छ त्यो बच्चा सुध्रिन्छ । त्यो समाज सुध्रिन्छ यो राम्रो नेता नपाएको समाजमा राम्रो राज नेता दिन सक्छ भन्ने कुरा बताए ।

हाम्रो यस्ता भुमि हो हामी सँग टाउको छ पशुपति नाथ भारत संग पुच्छर छ केदार नाथ त्यसैले सारा विश्वको हिन्दु मनहरुले एक दिन अवश्य नेपालमा खुट्टा टेक्नै पर्छ पशुपतिनाथमा माथा टेक्नै पर्ने बताए । मन्दिरको स्तर उन्नति, सनातन धर्म संस्कति जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको नवदुर्गा ग्वाँसी समैजी धार्मीक ज्ञानविज्ञान सप्ताह महायज्ञका संयोजक मान बहादुर बलायरले बताए ।

त्यस्तै समापन कार्यक्रममा बिशिष्ट अतिथी पन्चकोटी सामुदायीक वनकी अध्यक्ष निर्मला बम, पूर्व अध्यक्ष ललिता पाठक, कर्ता कृष्ण बहादुर बलायर रहेका थिए । त्यस्तै कार्यक्रममा शेर बहादुर बलायर, मान बहादुर महरा, कल्पना बलायर, कलावती बलायर, जसुली बिष्ट, प्रेम बलायर, युवराज कापडी लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा मन्तब्य संस्थाका सहि सचिव उत्तम महराले गरेको कार्यक्रमको संचालन सचिव खेम भट्टले गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...