टीकापुरका सहिद टेक बहादुर साउँदको सालिकमा माल्यार्पण

धनगढी- थरुहट आन्दोलनका सहिद टेक बहादुर साउँदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन पूर्व साउँदको सालिकमा माल्यार्पण गरिएको हो ।

Bhancha ghar0

पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । थरुहट-थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउँदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउँदको स्मृतिमा सालिक अनावरण गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । सोही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युवरण गरेका सबै सुरक्षाकर्मीहरुको फोटोमा पनि माल्यार्पण गरिएको छ ।

Loading...