कैलालीमा एक लाख बढीका सामान सहित युवक पक्राउ

Bhancha ghar0

धनगढी- कैलालीमा एक लाख बढीका सामानसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अबैध सामानसहित पक्राउ परेका हुन् ।

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थान सहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...