माघ ८ मा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमा उत्सव गरिने

धनगढी- भारतको अयोध्यामा माघ ८ गते गरिने राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमा पनि उत्सव गरिने भएको छ । धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद्ले शोभायात्रा निकाल्ने भएको हो। मन्दिरको प्राणप्रतिष्ठा गरिँदा टेलिभिजनबाट हुने प्रत्यक्ष प्रशारणको धनगढीका विभिन्न तीन स्थानमा ठूलो पर्दामा हेर्न मिल्ने व्यवस्थासमेत गरिन लागेको हो ।

Bhancha ghar0

विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तका अनुसार धनगढीको रामजानकी मन्दिर, ओम शान्ति भवन र लक्ष्मीनारायण मन्दिरमा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइने छ ।

सोही दिन दिउँसो १२ बजे धनगढीमा शोभायात्रा निकालिने र साँझ दिप प्रज्ज्वलन गरिने पन्तले बताए । बुधवार धनगढीको श्रीकृष्ण मन्दिरमा भएको विश्व हिन्दु परिषद्को भेलाले शोभायात्रा र दिप प्रज्ज्वलनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गर्ने निणर्य गरेको छ । श्रीराम मन्दिर प्राणप्रतिष्ठाको दिन उत्सव मनाउन सबै पक्षसँग छलफल गरेर कार्यक्रम भव्य बनाइने भेलाबाट निणर्य भएको छ ।

Loading...