थारू संघ/संस्थाका प्रतिनिधिहरूले माघमा चार दिन बिदा दिन माग

धनगढी- माघ (माघी) मा चार दिन बिदा दिन माग गरिएको छ । थारू संघ/संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री कमल बहादुर शाहसँग माघमा चार दिन बिदा दिन माग गरेका हुन् ।

थारू समुदायले महान तथा नयाँ वर्षको रूपमा मनाउने माघ पर्वमा बिदा माग सहित उनीहरूले प्रदेश सकारलाई ध्यानाकर्षण पत्र बुझाइएका छन् ।

Bhancha ghar0

थारू कल्याणकारी सभा कैलालीका सभापति वीर बहादुर चौधरीको नेतृत्वमा गएको टोलीले माघ पर्व पुस मसान्तको अन्तिम दिन देखि सुरु हुने भएकोले पुस अन्तिम दिन देखि माघ ३ गतेसम्म ४ दिन बिदा माग गरेको हो ।

थारू नागरिक समाज कैलालीका अध्यक्ष दिल बहादुर चौधरीले माघ पर्व थारू समुदायको नयाँ वर्षको रूपमा मनाउने भएकोले र पुस अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गर्ने, जिता मार्ने, लहानका लागि निस्किने कार्य गर्नुपर्ने भएकोले पुस महिनाको अन्तिम दिन देखि नै माघ पर्व सुरु हुने बताए ।

उनले माघ पर्वको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १ र २ गते सम्म हुने र क्रमशः घट्ने हुँदा पुस अन्तिम दिन नछुटाई माघ ३ गतेसम्म ४ दिन बिदा मिलाई दिन मुख्यमन्त्री शाहलाई आग्रह गरेका छन् ।

Loading...