दाउरा वितरण गर्न उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको निर्देशन

धनगढी- चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्न मातहतका डिभिजन वन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

Dadeldhura hospital

सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले मंगलबार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले अत्यधिक चिसोका कारण अहिले नागरिकको जनजीवन प्रभावित हुन थालेपछि दाउरा वितरण गर्न भनिएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

शितलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ । चिसोका कारण, भूमिहीन, सुकुम्बासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ । हिमपातको बेला भएकाले अहिले यहाँका पहाडी जिल्लामा पनि चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

मन्त्री धामीले भूमिहीन, सुकुम्बासीलाई प्राथमिकतामा राखेर सबैतिर सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्थाका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न भनिएको बताए । ‘चिसोबाट जोगिन सहज होस् भनेर दाउरा वितरण गर्ने निणर्य गरिएको हो’ मन्त्री धामीले भने । वन मन्त्रालयले पहिलो पटक यसरी दाउरा वितरण गर्न लागेको उनले बताए ।

Loading...