राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका भट्ट विरुद्ध उजुरी

धनगढी- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

Dadeldhura hospital

सत्तारुढ गठबन्धनकातर्फ बाट आपांगता तर्फ आइतबार उम्मेदवारी दिएका भट्ट विरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्ट विरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेम दत्त भट्टले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले भट्टले कृत्ते आपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनु पर्ने माग सहित उजुरी परेको जनाएको छ । उक्त उजुरी माथि निर्वाचन अधिकृतले २६ पुस भित्र निणर्य गरिसक्नु पर्नेछ ।

Loading...