नेपाल टेलिकमको कवाडको ठेक्कामा विवाद

अत्तरिया- नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको तामाजन्य कवाडीको ठेक्कामा विवाद भएको छ । प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद भएको हो ।

नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै केही दिन देखि विवाद चलिरहेको छ । विवादीत बनेको बीएनएस कन्सट्रक्सनले कवाड बोकेर लगिरहेको अवस्थामा कैलालीको गेटामा स्थानीयले ट्रक रोकिदिएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायतले नेपाल टेलिकमबाट तौल नगरेर बढि तामाजन्य सामान लगेको भन्दै गेटामा स्थानीयले बीएनएस कन्सट्रक्सनको ट्रक रोकेपछि विवाद भएको बताए । कठायतले ठेकेदारले तौल नगरेर कवाड ओसार्ने गरेको गुनासो आएपछि थप कुरा नेपाल टेलिकमसँग बुझ्न आग्रह गरे ।

नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सरोज मल्लले तामाजन्य कवाडको ठेक्का पाएको बीएनएस कन्सट्रक्सनले तौल गरेरै कवाड उठाएको दाबी गरे । उनले तौल नगरेको शंका लागेमा प्रहरीको रहोबरमा पुनः तौल गर्न सकिने बताए । मल्लका अनुसार केही महिना अघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रिका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढिमा ठेक्का सम्झौता गरिएको बताए ।

उनका अनुसार बढि सामान भए अनुसारको रकम नबुझाएमा धरौटी जफत गर्ने र कम भए धरौटी राखिएको रकम फिर्ता गर्ने गरी सम्झौता गरिएको मल्लको भनाई छ । तर नेपाल टेलिकमले मिलेमतोमा कवाडको ठेक्का पारेर कर्मचारीले ठेकेदारबाट आर्थिक लाभ लिएको आरोप स्थानीयले लगाएका छन् ।

Loading...