कैलालीमा सिकलसेल रगत परिक्षण शिविर सम्पन्न, करिब ४ हजार सेवाग्राहीहरुले लिए सेवा

धनगढी– सिकलसेल तथा थालासेमिया रोग निदान तथा पहिचान शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजना र स्थानीय तहसंगको समन्वयमा स्क्रिनिङ स्वस्थ्य शिविर सम्पन्न भएको हो ।

Malpot office dadeldhura

कैलालीको भजनी, जानकी, जोशिपुर, घोडाघोडी र बर्दगोरीयाका दुइ-दुइ स्थानमा गरी जम्मा १० ठाउँमा शिविर संचालन गरीएको जनाएको छ । थारु समुदायको बस्ती भएको क्षेत्रमा स्क्रिनिङ रगत परिक्षण गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको सिकलसेल कार्यक्रम प्राथमिकतामा रहेको छ । दश वटै स्थानमा गरिएकोमा करिब ४ हजार जना सेवाग्राहीहरुले सेवा लिएका हुन ।

यहि पुस १ गते सुरु भएको शिविर आज आईतबार सम्पन्न भएको हो शिविरको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले उद्घाटन गरेका थिए । सिकलसेल रोग थारु समुदायमा व्यापक रहेको छ । सिकलसेल रोग व्यवस्थापनको लागी सरकारले निःशुल्क उपचाको व्यवस्था गरिएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...