धनगढी- सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ। प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रदेशसभा सचिवालयका सचिव देव बहादुर बोगटीले २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
२४ गते प्रदेशसभा सदस्यहरुको नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता लगायतको काम हुनेछ भने २५गते उम्मेदवा उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको गठन भएको एक वर्ष बित्दा समेत प्रदेशसभाका विषयगत समितिको सभापति चयन हुन नसकेका बेला प्रदेशसभाले निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।
प्रदेशसभा सचिवालयले यसअघि असोज १२ गते सभापतिको निर्वाचन गर्नेगरि तालिका सार्वजनिक गरेको थियो तर सत्तारुढ गठबन्धनमा भाग बण्डा नटुंगिएको भन्दै स्थगीत गरिएको थियो । सुदूरपश्चिम प्रदेशसभामा चार वटा विषयगत समिति रहेका छन् ।