कैलाली र कञ्चनपुरबाट ३ लाख ६९ हजारका सामान बरामद

धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट तीन लाख ६९ हजारका भन्सार छलीका सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर र वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० विद्युत कार्यालयबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।

Bhancha ghar0

त्रिनगरबाट ६४ हजार सात सय मूल्यका गाडीका विभिन्न पाटपुर्जा सहित एक जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-६ का ३९ वर्षीय शेरबहादुर खयाडत पक्राउ परेका हुन् । शनिवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । भन्सार छलीका सामानसहित शेर बहादुरलाई कैलाली भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

यतै, कैलाली भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६० रुपैयाँका चिनी, मिठाई, नरिवल, सरप, मसला, पानीपुरी, बिस्कुट लगाएतका सामान बरामद गरिएको हो । प्रहरीले भन्सार कार्यालय अगाडिबाट बेवारिसे सामान फेला पारेको बताएको छ ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० विद्युत् कार्यालय क्षेत्रबाट दुई लाख एक हजार २० रुपैयाँका सुट, ज्याकेट, खाद्यान्न, हार्डवेयरका सामान बरामद गरिएको छ । शनिवार साँझ प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो ।

Loading...