धनगढी- धनगढीको एलएन चोकमा रहेको रेडिकल एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीको प्रमुख आतिथ्य र प्रकाश छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरूले विभिन्न सांगितिक प्रस्तुती पस्केका थिए भने पढाइ तथा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाण पत्र तथा पुरुस्कार वितरण गरिएको थियो । रेडिकल एकेडेमीमा होटल म्यानेजमेन्ट र फेसन डिजाईन प्रशिक्षण कक्षाहरु संचालन गरिरहेको छ ।