एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

धनगढी- पठन संस्कृतिको विकास गर्ने उद्देश्यले एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहा गुप्ताले जितेकी छन् ।

Bhancha ghar0

तीन महिना आफूले पढेका पुस्तकहरु अध्ययन गर्दै ती पुस्तकहरुको समिक्षा प्रस्तुत गर्दा स्नेहाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजारसहित प्रमाण पत्र पाइन् । यस्तै अपेक्षा उपाध्याय र सुशिल विष्ट क्रमशः द्वितीय र तृतीय भएका छन् । उपाध्यायले ३ हजार र विष्टले दुई हजार नगदसहित प्रमाणपत्र पाएका हुन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्राध्यापक सिताराम भट्ट, प्रजापति नेगी, तुलसी शर्माले निणर्ायकको भूमिका निर्वाह गरेका थिए । पाठकले आफूसँग भएका तथा खरिद गरिएका जुनसुँकै पुस्तक पनि पढ्दै तीनको समिक्षा लेख्दै प्रस्तुत गर्नुपर्ने कार्यक्रमको अवधारणा थियो ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै खालका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

Loading...