हिमशिखर सहकारीको १५ औ साधारणसभा सम्पन्न, कुल आम्दानी १० करोड ५० लाख बढी

धनगढी– कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुद्देश्यीय सहकारी संस्थाका १५ औ साधारण सभा सम्पन्न भएको छ । शनिबार धनगढीमा आयोजित बार्षिक साधारणसभा सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले सहकारीले सबैको आशा र भरोशा अनुसार काम गर्नुपर्ने बताए । उनले सहकारीका सम्पूणर् शेयरधनी र बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्न सकेको छ की नाई भन्ने कुरामा मात्र ख्याल गरेमा कसैले पनि गलत गर्न नसक्ने बताए ।

उनले सहकारीको बार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले बर्षभरी गरेका कामका बारेमा जानकारी दिने र आगामी योजनाका बारेमा थपघट गर्नाका लागि बाटो तय गर्नु साधारणसभा महत्वपूणर् भएकोमा जोड दिए । सञ्चालक समितिलाई मार्गदर्शन दिन र पारदर्शी औचित्य प्रभावकारी सुझावको पनि महत्वपूणर् रहेको रजिष्टार थापाले बताए ।

सो अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीको शेयर पूँजी ३ करोड ५० लाख ९० हजार १ सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार सात र ऋण लागानी तथा असुली ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताए ।

सोही कार्यक्रममा संस्थाका प्रवन्धक महेन्द्र शाहीले संस्थाको कुल आम्दानी १० करोड ५० लाख ११ हजार ७३४ रुपियाँ पुगेकोे बताए । उनले अन्य सहकारीका कारण राम्रा सहकारी पनि खराब हुन भन्ने धारणा हुन जानु राम्रो सहकारीको चुनौती भएको पनि औल्याए ।

साधारण सभाको उद्घाटन कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज ओझाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी सहकारी संस्थाको क्षेत्रमा महत्वपूणर् योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । संस्था योगदान दिने टंकप्रसाद भट्ट, गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख एवं सहकारी अभियान्ता भोज बहादुर बम, पत्रकार प्रकाश विक्रम शाह, जेष्ठ नागरिक दीर्घराज जोशी, पदमसिंह कलेललाई सम्मानित गरेको हो ।

त्यस्तैगरी नियमित बचत कर्ता धनगढी शाखाका आनन्द सिंह भाट, अत्तरिया शाखाका तिर्थ विष्ट, गौरीगंगा शाखाका रमेश रावल र कैलारी शाखाका प्रकाश चौधरीलाई सम्मान गरेको छ । त्यस्तैगरी उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको हो । धनगढी शाखाका देवराज कुश्मी, अत्तरिया शाखाका गिरेन्द्र प्रसाद पाण्डे, सरस्वती चन्द र अशोक कुमारलाई सम्मान गरेको छ ।

सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Loading...