पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

Malpot office dadeldhura

प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाश चन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिएका हुन् । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।

आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन् । पश्चिम सेती जलविद्युत परियोजना लगानी बोर्डबाटसमेत स्वीकृत भई आएकाले सुदूरपश्चिमबासीको सपना चाँडै पूरा हुने परियोजनाका महाप्रबन्धक उपाध्यायले बताए ।

पश्चिमसेतीले रोजगारी सृजनाको गर्नुका साथै यहाँको आर्थिक विकासमा टेवा पुर्याउने उनको भनाइ थियो । निरीक्षण टोलीमा प्रदेश सभा सदस्य विक्रम सिंह धामी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरि प्रसाद लम्साल, डोटीको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर रहेका थिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...