कैलालीमा भरुवा वन्दुक वरामद

Bhancha ghar0

धनगढी- कैलालीमा भरुवा बन्दुक वरामद गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वन भित्र अबैध एक नाले भरुवा बन्दुक एक थान शुक्रवार दिउँसो प्रहरीले फेला परी बरामद गरेको हो ।

प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा वन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...