धनगढीबाट एक जना तेस्रो लिङ्गी बेपत्ता

धनगढी- धनगढीबाट एक जना तेस्रो लिङ्गी बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर-१ पशुपति टोल बस्ने ५० वर्षीया लाटी भनिने घने नेपाली बेपत्ता भएकी हुन् । नेपाली १८ गते बुधवार बिहान १० बजेबाट सम्पर्क बिहीन भएको आफन्तले बताएका छन् ।

Bhancha ghar0

बुधवार खटिमा औषधि लिन जाने भनेर धनगढी ट्राफिक चौराहाको एक पसलबाट भारतीय रुपैयाँ सटही गरेको भए पनि त्यसपछि उनी कहाँ गइन भन्ने नखुलेको आफन्तले बताएका छन् ।

लाटी अर्थात घने नेपालीलाई भेट्टाउने व्यक्तिलाई नजिकको प्रहरी चौकी या मोबाइल नम्बर ९८४८४६३९५० मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

Loading...