अछाममा २३ हजार सहित चार जुवाडे पक्राउ

Bhancha ghar0

अछाम- अछाममा नगद २३ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई पक्राउ गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं.५ मंगलसेन बजार बस्ने ५६ वर्षीय अर्जुन सिंह बिष्टको सिलाई कटाई पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गएिको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४ गड्डी तास र २३ हजार ६ सय ३० रुपैयाँ नगद बरामद गरिएको छ । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...