कञ्चनपुरको कबर्ड हल भवन निर्माण सम्पन्न नहुँदै जीर्ण

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूणर्ता पाएको छैन । विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीणर् बन्दै गएको छ ।

‘कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ’, स्थानीय चन्दनसिंह थापा मगरले भने, ‘यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन । काम पूरा नहुँदै भवन जीणर् बनिरहेको छ ।’ विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको थियो ।

‘त्यो बजेटमा हामीले जग हाल्ने देखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम गर्‍यौँ”, उनले भने, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन ।’ कबर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा ५० लाख रुपैयाँ बजेट विनियोजिन भएको थियो । ३७ लाख १७ हजार ९ सय ५९ रुपैयाँमा कञ्चन राष्ट्रिय निर्माण सेवाले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो ।

यसपछि बजेट नआउँदा कबर्ड हल निर्माण अलपत्र रहेको छ । दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूणर् खेल संरचनाका रुपमा हेरिएको कबर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन् । ‘अब थोरै बजेट भए मात्रै पनि कबर्ड बन्थ्यो । यहाँका खेलाडी खेलकुद गतिविधिमा गर्न पाउथे’, स्थानीय दिल बहादुर सिंहले भने, ‘कबर्ड हल नहुँदा खेलाडीलाई समस्या छ । इन्डोर खेल हुन सकेका छैनन् ।’

सरकारले सुरुआतमा लगानी गरेर अहिले बेवास्ता गर्दा लगानी नै खेर जाने अवस्था आएको स्थानीय पदमबहादुर सिंह बताउछन् । ‘कबर्डले पूणर्ता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको छ’, उनले भने, ‘यो निर्माण भए नवप्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्नेछ । त्यसैले यसमा ढिलाइ गरिनुहुन्न ।’

कबर्ड हललाई पूणर्ता दिन स्थानीय तहको बजेट अपुग रहेको दोधारा चाँदनीका नगर प्रमुख किशोरकुमार लिम्बूले बताए । ‘हामीसँग पर्याप्त बजेट छैन । स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ’, उनले भने, ‘त्यसैले अहिले कबर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौँ ।’

कबर्ड हललाई पूणर्ता दिन बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिरहेको उनको भनाइ छ । ‘कबर्ड हलका लागि एसियाली विकास बैंकसँग बजेट माग गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग पनि पहल गरिरहेका छौँ’, उनले भने, ‘बजेट विनियोजन गर्ने आश्वासन पाएका छौँ । चाँडै कबर्ड हलको कामले पूणर्ता पाउने विश्वास छ । रासस

Loading...