अत्तरिया- कैलालीको अत्तरियामा रहेको एन एम बि बैंकको अत्तरिया शाखा सुदूर सिटि सेन्टरमा सरेको छ । अत्तरियाकै महेन्द्रनगर रोडमा रहेको उक्त शाखा आज देखि नवनिर्मित भवन सुदूर सिटि सेन्टरमा सरेको हो ।
उक्त शाखाको आज गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । एन एम बि बैंकका देशभरि २०१ शाखा रहेका छन् भने सुदूरपश्चिममामात्रै २२ ओटा शाखा रहेका छन् ।