चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलाली प्रहरीले चिकित्सकको स्विकृती बिना औषधि खरिद बिक्री गर्ने २ जनालाई पक्राउ गरेको छ। आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १ एलएन चोक सडकखण्डमा धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध औषधि सहित पक्राउ गरिएको थियो। प्रहरीले उनको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरेको थियो।
अनुसन्धानका क्रममा उनले ती औषधि धनगढी–१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए। कैलाली प्रहरीको टोलीले मेडिकलमा छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेको थियो।

Ganyapdhura gau

छापापछि प्रहरीले सोही मेडिकलमा काम गर्ने धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनका अनुसार बरामद औषधि र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको छ।

Couple
Loading...