धनगढीमा खुल्यो म्यारिज ब्युरो

धनगढी- कैलालीको धनगढीमा म्यारिज ब्युरो खुलेको छ । “राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी, विश्वास र गोपनियता हाम्रो प्रतिबद्धता’ नारासहित धनगढीमै पहिलो पटक म्यारिज ब्युरो खुलेको हो। फारवेष्टले युवा-युवतीहरूलाई परामर्शसमेत दिने बताएको छ ।

Bhancha ghar0

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ ब्युरो सञ्चालन आएको म्यारिज ब्युरोले अपाङ्गता भएका व्याक्तिहरुबाट शुल्कसमेत नलिने बताएको छ । मानसिक समस्यामा रहेकाहरूलाई फारवेष्टले परामर्शसमेत दिने भएको हो ।

फारवेष्टमार्फत जीवनसाथी खोज्न चाहानेहरूले आफ्नो विवरण, जीवनसाथी सम्बन्धी अपेक्षा र संस्थासँगको सम्झौता पेस गर्नुपर्ने छ । फारवेष्टले जीवनसाथीका लागि विवरण दिनेछ ।

फारवेष्टले फेसबुक तथा ह्वाटसेवमार्फतसमेत सेवा दिने बताएको छ । सेवाका लागि ९७६९९३२०७६ नम्बर सार्वजनिक गरिएको छ ।

Loading...