टीकापुरबाट लागूऔषध सहित तीन जना पक्राउ

धनगढी- कैलालीको टीकापुरबाट लागूऔष सहित तीन जना पक्राउ परेका छन् । टीकापुरको-९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसध सहित टीकापुर-२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

त्यस्तै टीकापुर-५ का २० वर्षीय बिकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...