धनगढी वडा नम्बर ३ बाट ५४ हजार बढीका अबैध सामान बरामद

धनगढी– धनगढी वडा नम्बर ३ बाट ५४ हजार बढीका अबैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालि-३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएका अन्दाजी ५४ हजार ३ सय ९० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको विद्युतिय स्विच बटन,सकेट,राउन्डिङ प्लेट,एमसीबी, बिजुलीको तार,होल्डर, ईन्डिकेटर आन्टी, ललिपप, बिडी, पेडा मिठाई लगायतका सामान मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...