जनशक्ति अभाव हुँदा डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा बन्द

डडेल्धुरा– डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा जनशक्ति अभाव हुँदा बन्द भएको छ । मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको हो ।

Malpot office dadeldhura

रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा.सन्तोष गुप्ताले जानकारी दिए । रेडियोलोष्टि यहाँबाट सरुवा भई गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो । उहाँले १६ महिना काम गर्नुभयो । उनले भने ‘‘छात्रवृत्तिमा अध्ययन गरेकाले कम्तिमा एक वर्ष दुर्गममा काम गर्नुपर्ने प्रावधान छ ।’’ उहाँले करिब डेढ वर्ष काम गर्नुभयो र यहाँबाट सरुवा माग्नुभयो ।

उहाँ गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य बाहिरि जिल्ला जान बाध्य भएका छन् । गत वर्ष सीटी स्क्यान सेवा सञ्चालनमा हुँदा ८०० बिरामीलाई सीटी स्क्यान सेवा दिएको उनले बताए ।

सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उनले बताए । जनशक्ति नहुदा प्याथोलोजी सेवा पनि बन्द भएको उनले बताए । १४ वटा विभाग बनाई २१ जना कन्सल्टेन्ट डक्टरको दरबन्दि रहने गरी उपक्षेत्रीय अस्पताल सञ्चालन गरिएको थियो । अस्पतालले अहिले सम्म उपक्षेत्रीय अस्पतालको दरबन्दी पाउन नसकेको र विषय विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बिरामीलाई सेवा दिन नसकिएको निमित्त मेसु डा.गुप्ताले बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...