

बझाङ– बझाङमा घरको भर्याङबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । बझाङको थलारा गाउँपालिका-८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय मङ्गलवार आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका हुन् ।



पाध्यायको जिल्ला अस्पताल बझाङमा चेकजाँच गर्दा बायाँ छातीको १० वटा करङ भाँच्चिएको र बायाँ काँधमा चोट लागेको अस्पतालले जनाएको छ ।


उनलाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको भएपनि गाडीमा बस्न सक्ने अवस्था नभएपछि लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अहिले उनलाई जिल्ला अस्पतालमै उपचार भइरहेको बताइएको छ ।





